back
NMB ad

उत्तर कोरियामाथि लाग्यो कठोर प्रतिबन्ध

Kumari bank ad

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि बसेको सुरक्षा परिषद बैठकमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो ।

नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको लगानीमा पनि कटौती हुनेछ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सुरक्षा परिषद बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । उत्तर कोरियामाथि लागेको नयाँ प्रतिबन्ध कुनै पनि देशमाथि लागेको अहिलेसम्मकै सबैभन्दा कठोर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताए ।

उत्तर कोरियाले गएको जुलाईमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले ती मिसाइलको सफल परीक्षणपछि अब अमेरिकाको सबै मुख्य क्षेत्रमा आफूले मार हान्न सक्ने दाबी गरेको थियो ।

प्रकाशित मितिः२०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १४:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...