काठमाडौ । जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद सुरक्षित गर्न सेयर किन्ने आज अर्थात् बुधबार अन्तिम दिन हो । हकप्रद निष्काशनका लागि फाइनान्सले बिहीबार बुक क्लोज गर्दैछ ।
बुक क्लोज हुने अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा नयाँ लगानीकर्ताले बुधबार नै फाइनान्सको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् ।
जनरलले १ः१.२५ अनुपातमा १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।
प्रकाशित मितिः२०७४ साउन २५
वि.सं.२०७४ साउन २५ बुधवार १२:१६ मा प्रकाशित