back
NMB ad

क्रिकेट प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोलीको आज मलेसियामातर्फ प्रस्थान

Kumari bank ad

काठमाडौँ । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, चीन र म्यानमार छन् ।

नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसपछि नेपालले दोस्रो खेल भदौ २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भदौ २९ गते सिंगापुरसँग भिड्नेछ । आ–आफ्नो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन् ।

नेपाली टोलीको कप्तानीको भूमिका दीपेन्द्रसिंह ऐरीले निभाउने छन् । त्यस्तै सहभागी अन्य खेलाडीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, सुमित महर्जन, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, नन्दन यादव र विक्रमकुमार भुसाल छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा कलाम अली छन् । रासस

प्रकाशित मितिः २०७४ भाद्र २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार १४:५२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...