back
NMB ad

सर्वाधिक लोकप्रिय स्मार्टफोनहरुमा भारी छुट

Kumari bank ad

ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको छ ।

कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका चर्चित र सर्बाधिक बिक्री हुने स्मार्ट फोनहरुमा आश्चार्यजनक किसिमको छुट दिईरहेको छ । कम्पनीले नेपाली बजारमा सबैभन्दा लोकप्रिय र सर्वाधिक बिक्री हुने स्मार्टफोनहरुको खरिदमा ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गरिरहेको छ ।

हाल बजारमा सबैभन्दा लोकप्रिय स्मार्टफोनको रुपमा रहेको ह्वावेको वाई सेभेन प्राइम, सामसङको जे सेभेन म्याक्स, जिओनीको ए वान लाइट, वानप्लसको वानप्लस ५, एचटिसीको डिजायर १० प्रो, ओप्पोको एफ थ्री, लाभाको आर वान, डिटिसीको गियर म्याक्स, कलर्स फोनको पि ८५ र आइफोन सेभेन प्लस बिक्री गरिरहेको छ । सिंगापुरको ब्राण्ड डिटिसीको गियर म्याक्स पावर बैंकको रुपमा पनि प्रयोग गर्न सकिने मोबाइल फोन हो ।

ग्राहकहरुले यी लोकप्रिय फोनहरु विशेष छुट मुल्यमा कम्प्लेक्समा मात्र खरिद गर्न पाउनेछन् । कम्प्लेक्समा यी मोबाइल खरिद गर्दा कम्तिमा ५ प्रतिशतदेखि मोडलअनुसार ३० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । कम्प्लेक्सले हाल बजारमा लोकप्रिय स्मार्टफोनहरुको माग बढिरहेको र स्टक सकिँदै जाने हुँदा आफुलाई मनपरेको फोन छिटै किन्न अध्यक्ष पुरुषोत्तम बस्नेतले आग्रह गर्नुभयो ।
“ग्राहकहरुले आफुलाई मन परेको फोनहरु सबै बजारमा नपाउने हुँदा हाम्रो कम्प्लेक्समा नै किन्न आउने गरेका छन् । ग्राहकहरु हाम्रो सेवा प्रति निकै विश्वस्त भएको हुँदा बिक्री पनि बढिरहेको छ । हामी सबैलाई यो मौकाको फाईदा उठाउन हामी आग्रह गर्दछौं,” अध्यक्ष बस्नेतले भन्नुभयो ।
त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।

कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर कम्पनीले यहि भदौ १६ गते शुक्रवारदेखि भदौ २६ गतेसम्म संचालन हुनेगरि ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको हो ।

प्रकाशित मितिः २०७४ भदौ २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार १७:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...