back
NMB ad

इरानद्वारा अमेरिकाको चेतावनी बेवास्ताः मध्यम दुरी नयाँ मिसाइलको सफल परिक्षण

Kumari bank ad

इरानले अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै मध्यम दुरीको एक नयाँ मिसाइलको सफल परिक्षण गरेको छ । उक्त मिसाइल २ हजार किलोमिटरको दुरी तय गर्न सक्षम छ । सरकारी टेलिभिजनमा मिसाइल परिक्षणको तस्बिर देखाइएको छ ।

उक्त मिसाइलको प्रदर्शन पहिलो पटक शुक्रबार सैन्य परेडको क्रममा गरिएको थियो । प्रसारकले परिक्षणको कुनै मिति तोकेको छैन तर अधिकारीले शुक्रबनर यसको चाँडै नै परिक्षण गरिने बताएका थिए ।

यसअघि इरानका राष्ट्रपति हसन रुहानीले शुक्रबार उनको देश अमेरिका र फ्रान्सको आलोचनाका बावजुद आफ्नो ब्यालेस्टिक क्षमतालाई बढाउनेछ । यसका साथै सन् १९८०–१९८८ को इरानको विनाशकारी युद्ध सुरु भएको वार्षीकीमा आफ्नो भाषणमा रुहानीले भने, ‘चाहे तपाईं रुचाउनुस् वा नरुचाउनुस् । हामी आफ्नो सैन्य क्षमतालाई बलियो बनाउँदैछौं जुन सुरक्षाका लागि आवश्यक छ ।’

रुहानीले भने, ‘हामीले आफ्नो मिसाइल क्षमतालाई बलियो बनाउनुका साथै हवाई, जमिनी र समुन्द्रि बललाई पनि बलियो बनाउनेछौं । जब आफ्नो देशको सुरक्षाको कुरा आउँछ तब हामीले कसैसँग पनि अनुमती लिन आवश्यक छैन ।’

स्मरण रहोस्, इरान र विश्वका ठूला शक्तिबिच सन् २०१५ को परमाणु सम्झौतामा डोनल्ड ट्रम्प प्रशासनको आलोचना अब इरानको मिसाइल कार्यक्रममा केन्द्रित भएको छ । यसमा इरानले सम्झौताको शर्त अनुसार मिसाइल पूर्ण रुपमा वैध भएको बताएको छ ।

यता अमेरिकाले भने इरानले सम्झौताको भावना उल्लंघन गरेको भन्दै यसको खण्डन गरेको छ । अमेरिकाको भनाइलाई फ्रान्सले समर्थन गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले उक्त सम्झौतालाई मिसाइल परिक्षणमाथि प्रतिबन्धसम्म बिस्तार गरिनुपर्ने बताएका छ ।

प्रकाशित मितिः २०७४ असोज ७

वि.सं.२०७४ असोज ७ शनिवार १७:५४ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...