back
NMB ad

दक्षिण कोरियाद्धारा रामग्रामलाई स्माट सिटी बनाउन सहयोग

Kumari bank ad

यशोदा पौडेल,नवलपरासी । नेपालका उत्कृष्ट छ वटा स्थानिय तहलाई दक्षिण कोरिया सरकारले स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौ सहित दुई वटा महानगरपालिका र चार वटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।

नवलपरासीमा रामग्राम नगरपालिकामा आयोजीत पत्रकार सम्मेलनमा सो बारे जानकारी प्रदान गरिएको थियो ।
दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिका तर्फ काठमाडौ र पोखरा रहेका छन् भने नगरपालिकाहरु तर्फ नवलपरासीको रामग्राम , धादिङ्गकोे निलकण्ड यसैगरी धुलिखेल र भक्तपुर गरेका छन् ।

पत्रकार सम्मेलनमामा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ति स्थानिय तहरुलाई दिगो विकास गर्ने उदेशयका साथ दक्षिण कोरिया सहयोग गर्न लागेको जानकारी दिए । ती स्थानिय तहलाई चौतर्फी रुपमा स्माट सिटीको रुपमा बिकास गर्न विविध प्रकारले आर्थिक लगानी मार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख गुप्ताले मुख्य बजार क्षेत्रलाई स्माट सिटी सडक व्यवस्थापन देखी पर्यटकीय क्षेत्रको विकास सम्म दक्षिण कोरीया सहयोग गर्न तत्परता देखाएको जानकारी दिए । जसका लागि विविध प्रकारको प्राविधिक सहयोग कोरियाले गर्न लागेको छ ।

दक्षिण कोरियाको राजधानी सोलमा एक साता अघि सम्पन्न २०१७ ईन्टरनेशनल सिटी समिट एण्ड् मेय¥र्स फोरम कार्यक्रममा सो वारे जानकारी दिईएको थियो ।
छनौट गरेका नेपालका ती ६ वटा स्थानिय तहलाई स्माट सिटीको रुपमा दिगो विकासका लागी दक्षिण कोरियाले विविध योजना अघि सारेको छ । बिशेष गरी गौत्तम बुद्धको अष्ठुधातु रहेको नवलपरासीको रामग्राम सहित बुद्धको सक्रिट भएका महत्वपुर्ण स्थलहरुलाई लक्षित गरी यस क्षेत्रमा दक्षिण कोरियाले उच्च प्राथमिकताका साथ सहयोग गर्न लागेको रामग्राम नगरपालिकाका नगरप्रमुख गुप्ताको भनाई छ ।

सो फोरम मार्फत नेपालका मुख्य ६ वटा बजारहरुलाई स्माट सिटीको रुपमा दिगो विकासका लागी विविध रणनिति बारे जानकारी दिएको कार्यक्रममा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाई छ ।

एक हप्ता सम्म चलेको फोरम सहित फिल्ड भिजिट कार्यक्रममा बिश्व भरीका करिब ५० देशका करिब १३० जना नगर प्रमुख तथा मेयरहरुको सहभागीता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियाले ३५ बर्षमा गरेको चौतर्फी विकास बारे विस्तृत रुपमा जानकारी गराईएको थियो ।

सो फोरम कार्यक्रमा स्माट सिटीको रुपमा विकास भईसकेका बिभिन्न उत्कृष्ट बिभिन्न देशका सिटीहरुको अवस्था र नेपालमा त्यसको कार्यान्वयनको बारेमा छलफल गरिएको थियो । सो अवसरमा नेपाली टोलीलाई दक्षिण कोरियामा रहेको साईन्स एण्ड रिसर्च सेन्टरको अध्ययन अबलोकन समेत गरिएको टोलीमा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाई छ ।

सो अवसरमा नेपालबाट ६ जना स्थानिय तहका प्रमुखहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम मार्फत नेपालको चौतर्फी बिकास साथै नेपाल सँग र बिभिन्न देश बिच अन्तराष्ट्रिय सम्बन्ध बलियो हुनेमा अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः २०७४ असोज ७

वि.सं.२०७४ असोज ७ शनिवार १८:०७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...