back
NMB ad

ज्वालामुखीबाट प्रभावित भएका ११ हजार छ सयको उद्धार

Kumari bank ad

भानुआटुको आमबाइ द्विपमा आएको ज्वालामुखीबाट प्रभावित भएका ११ हजार छ सयलाई उद्धार गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । ज्वालामुखीका कारण गतहप्ता भरी चट्याङ र अन्य अवषेशका कारण गाँउभरी वर्षा भइरहेको थियो । साथै ज्वालामुखीले साउथ प्यासिफिक आइसल्याण्ड राज्यका पानीका स्रोतसमेत प्रदुषित भएको छ ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भानुआटु दैनिकपत्रले लेखेको छ, “आमबाइमा ज्वालामुखीबाट प्रभावित सबैलाई हामीले उद्धार गरेर त्यहाँबाट हटाएका छौँ ।” विस्थापित गरिएका यी व्यक्तिहरूका युवायुवती, बृद्धबृद्धा, आपाङ्ग र बिरामीसमेत रहेको सो पत्रिकाले लेखेको छ ।

भानुआटुका प्रधानमन्त्री चारलोट साल्वाईले बुधबार घटनास्थलको स्थलगत अवलोकन गरेका थिए । यस इलाकामा प्रान्तीय सरकारले संकटकाल लागू गरिएको घोषणा गरेको छ । घटनास्थलका वास्तविक स्थिति आफैले थाहा पाउनका लागि प्रधानमन्त्रीले घटनास्थलको अवलोकन गरेको प्रधानमन्त्रीका एक जना जनसम्पर्क अधिकृतले जानकारी दिएका छन् ।

त्यहाँका जनताको जीवनलाई सरकारले सबैभन्दा प्राथमिकतामा राखेर उद्धार र सहयोगका प्रयास गरिरहेको उनले बताएका छन् ।

प्रकाशित मितिः २०७४ असोज १९

वि.सं.२०७४ असोज १९ बिहीवार १५:५८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...