back
NMB ad

नेपालमै मासिक रु ५० हजारको जागिर बे–वास्ता गर्दै किन जान्छन् विदेश

Kumari bank ad

– राजाराम कार्की

काठमाडौँ । कामदार (मजदूर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ ।

यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, टिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ । ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठले ड्राइभर नभएका कारण टिपर बिक्री गरेको बताउन्छन् । उनीसँग झण्डै ४५ वटा टिपर थिए । एक जना ड्राइभरलाई मासिक रु ५० हजारसम्म पारिश्रमिक दिने गरेको भए पनि उनको खानीमा टिपर चलाउन एकजना पनि ड्राइभर छैनन् ।

अदक्ष व्यक्तिलाई काम सिकायो, दक्ष बनायो, सिप सिक्छन् त्यसपछि काम छोडेर विदेश गइहाल्छन्, त्यसैले व्यवसायलाई धरापमा पार्नुभन्दा टिपर नै बिक्री गर्नु बालभक्तको रहर नभई बाध्यता हो । खलासीबाट ड्राइभर बन्ने चलन घट्दै गएपछि यातायात व्यवसायमा कामदारको अभाव देखिन थालेको हो ।

पहिले गाउँबाट कामको खोजीमा सहर छिर्ने युवा जमात अहिले कामको खोजीमा विदेश जाने भएकाले यहाँ खलासी बस्न रुचाउँदैनन् । खलासी काम खासै गाह्रो मानिँदैन । तर पनि पेशाको सम्मान नगर्ने बानीका कारण यहाँ यातायात मजदूरको अभाव बढ्दै गएको हो ।

उमेर नपुगेका बालबालिकालाई खलासी राख्न कानूनले दिँदैन । पढेलेखेका मानिस खलासीको जागिर खान मान्दैनन् । महिला कामदारले खलासी पेशा गर्न रुचाएको पाइँदैन । त्यसैले यातायात व्यवसाय धर्मसंकटमा पर्दै गएको छ ।

माध्यमिक शिक्षा पढ्न छोडेका विद्यार्थी र घरबाट भागेर कामको खोजीमा शहर छिरेका युवा यातायात क्षेत्रका कामदार हुन् । तर उनीहरु शहर नभई विदेश जान थालेपछि कामदार पाउन छोडेको यातायात व्यावसायी अर्जुन शाहीले बताए ।

उच्च माविका प्रधानाध्यापक रवि श्रेष्ठ विद्यालयमा रोजगार माग्न आउनेको संख्या पर्याप्त भएको र उनीहरुले थोरै पारिश्रमिकमा पनि काम गर्न स्वीकार गर्छन् तर पढेलेखेका व्यक्ति सिप सिकेर अन्य वैकल्पिक पेशा किन गर्दैनन् भनी प्रतिप्रश्न गर्नुहुन्छ ।

बनेपाका कमल तामाङले डोजर चलाउने ड्राइभरलाई मासिक तलब रु ५० हजार र भत्ता रु एक एक हजार दिने गरेको भए पनि टिकेर काम गर्ने ड्राइभरको खाँचो रहेको बताउँछन् ।

एकतिर स्वदेशमा पेशालाई इज्जत नगर्ने, सिप सिक्न नचाहने, अदक्ष र अर्धदक्ष युवा विदेश जान रुचाउनुको मुख्य लहडबाजी र अर्काको देखासिकी प्रमुख कारण हो ।

सिप नसकेका युवा अर्काको देखासिकी र लहलहैमा स्वदेशको राम्रो काम छोडेर विदेश पुग्छन् । त्यहाँ राम्रो काम नपाएको, कम्पनीले दुःख दिएको आदि समाचार विभिन्न पत्रपत्रिकामा खबर नछापिएका भने पनि होइनन्, तर यसप्रति उनीहरुको खासै चासो भने छैन् ।

मेहनती एंव पेशालाई सम्मान र इज्जत गर्ने जो कोही युवा काम नपाएर भौतारिनु पर्दैन । बजार भएको पेशामा अल्छी नमानीकन काम गर्ने हो भने दुईछाक खान परदेशको जमिन टेक्नुनै पर्छ भन्ने बाध्यता छैन भन्छन् – अरनिको यातायात सेवा समितिका पूर्व अध्यक्ष रमेश वैद्य । रासस

२०७४ माघ १३ गते प्रकाशित

वि.सं.२०७४ माघ १३ शनिवार १६:४९ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...