back
NMB ad

कृषि पेशामा संलग्न युवालाई खुशीको खबर

Kumari bank ad

कञ्चनपुर । तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।

युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए । विदेशिने युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गरी स्वरोजगार बनाउन रकम प्रदान गरिएको उनको भनाइ छ ।

“अनुदान पाएका युवालाई मौसमी र बेमौसमी तरकारी खेतीबारे प्राविधिक ज्ञान दिएर दक्ष बनाउँछौ,” उनले भने, “अनुदान रकम प्रदान गरी तरकारी खेतीका लागि प्रोत्साहित गरिएका युवालाई स्वदेशमै विदेशभन्दा बढी कमाइ गर्न सक्षम बनाउँछौ ।”

शाखाले प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रमअन्तर्गत २० वटा पकेट क्षेत्र निर्धारण गरेको छ । दश हेक्टर जग्गामा धान, गहुँ, उखु, तरकारी र तोरी खेतीका पकेट क्षेत्र निर्माण गरी किसानलाई अनुदान रकम उपलब्ध गराउने योजना रहेको शाखाका प्राविधिक हरिश सेठीले बताए ।

पकेट क्षेत्र बनाई खेती गर्ने किसानलाई शाखाका तर्फबाट रु दुई लाख नौ हजार र किसानले त्यत्तिकै रकमको व्यवस्था गरी खेती गर्नुपर्ने उनी बताउँछन् । सो कार्यक्रममार्फत सहकारी र कृषक समूहलाई प्रोत्साहित गरिनेछ । कार्यक्रमका लागि सूचना प्रकाशित गरिएकामा पकेट क्षेत्र निर्धारण गरी खेती गर्नका लागि २६ वटा सहकारी र समूहले निवेदन दर्ता गराएका छन् । छनोटमा परेका समूह र सहकारीलाई अनुदान रकमसँगै प्राविधिक सेवा उपलब्ध गराइनेछ ।

२०७४ फागुन १ गते प्रकाशित

वि.सं.२०७४ फागुन १ मंगलवार १२:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...