back
NMB ad

प्रदेश राजधानी सार्न कस्सिए बास्कोटा र गुरुङ

Kumari bank ad

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधीसभा तथा प्रदेशसभाका सांसदहरुले जोड दिएका छन् ।

रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी सांसदहरुले यस्तो जोड दिएका हुन ।

यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अवस्थालाई मल्याङकन नगरीकनै हेटौंडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् ।

प्रदेश नं ३ को भूगोललाई समेत नियाल्दा हेटौंडा राजधानीका लागि उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका सांसद गोकुल बास्कोटाले बताए । उनले प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिए ।

बास्कोटाले सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गरे । उनले मीनभवनको मन्त्री क्वाटरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारण राखे ।

हेटौंडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका सासद पार्वत गुरुङले पुर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाई राखे । हेटौंडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाई छ ।

कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको उनले बताए । उनले प्रदशेसभामा यो बिषयले ऐजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथवा काभ्रे हुने समेत बताए । उनले भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राविधिक टोलीले काभ्रे चयन गरेमा मान्य हुने बताए ।

कार्यक्रममा दुई जिल्ला बाहेक सबैकालागि अपाएक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ का सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताएका छन् ।

२०७४ फागुन ४ गते प्रकाशित

वि.सं.२०७४ फागुन ४ शुक्रवार १५:०५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...