back
NMB ad

अनिल शाहको नबिल बैंकमा घटुवा, सिइओ छाडेर डेपुटीमा नियुक्ति, का.मु. को जिम्मेवारी

Kumari bank ad

काठमाडौं । आठ वर्ष अगाडी नै सिइओ भईसकेका अनिल शाह घटुवा हुदै पुनः नबिल बैङ्क फर्किएका छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा दुईवटा बैङ्कमा करिब डेढ दशक कार्य गरेका शाह अन्नत पुन डेपुटीमा घटुवा हुदैँ नबिल फर्किएका हुन् ।

शाह आठ वर्षे कार्यकाल पुरा गरेर मेगा बैंकबाट बाहिरिएका थिए । मेगामा काम गर्दै गर्दा सेञ्चुरी बैंकमा जानका लागि करार सम्झौता गरे पश्चात उनी विवादमा आएका थिए ।

तोकिएको तलव र सुविधामा राष्ट्र बैङ्कले अंकुश लगाएसंगै शाहले सेञ्चुरीसंगको सम्बन्ध टुङ्ग्याएका थिए । सेञ्चुरीमा कुरा नमिलेपछी शाह पहिले नै काम गरेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

तर राष्ट्र बैंकले एक बैंकबाट अर्को बैंकमा प्रमुख कार्यकारी भएर जानका लागि ६ महिनाको कुलिङ पिरियड अनिवार्य गरेपछि शाहको नियुक्ति नबिल बैंकले खारेज गरेको थियो । त्यसपछि नबिलले शाहलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको थियो ।

३२ बर्ष लामो बैंकिङ करियरलाई बिराम लगाउँदै प्रमुख कार्यकारी अधिकृतबाट शशिन जोशीले अवकाश लिएपछि शाह नबिलको डेपुटी सिइओमा नियुक्त भएका हुन् । जोशी औपचारिक अवकाशअघि बिदामा बसेका छन् ।

जोशी अवकाश भएपछि डेपुटी प्रमुख कार्यकारी अधिकृत शाहलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । कुलिङ पिरियडका कारण शाह जेठपछि मात्र प्रमुख कार्यकारीका लागि योग्य हुने छन् ।

२०७४ फाल्गुण ४ गते प्रकाशित

वि.सं.२०७४ फागुन ४ शुक्रवार १५:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...