back
NMB ad

पर्यटन प्रबर्द्धन गर्न भिटोफ टोली कुन्छालमा (फोटो फिचर)

Kumari bank ad

मकवानपुर । ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) ग्रामिण पर्यटन प्रबद्र्धनको लागि पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीको नेतृत्व गर्दै मकवानपुरको पर्यटकीय गाउँ कुन्छाल पुगेको छ ।

पर्यटन बोर्डसँगको सहकार्यमा ग्रामीण पर्यटन प्रवद्र्धनको लागि क्रियाशील भिटोफको टोली ५ र ६ फागुनका लागि थाहा नगरपालिकाको कुन्छाल पुगेको हो ।

अध्ययन अवलोकन भ्रमणको लागि कुन्छालमा अहिले पर्यटन बोर्डका प्रतिनिधि, पर्यटकीय संघसंस्था टानका अध्यक्ष नवराज दाहाल, भिटोफका पूर्व अध्यक्ष शिव लामिछानेलगायत पर्यटन व्यवसायी र पत्रकारहरु सहितको टोली रहेको भिटोफका अध्यक्ष कमल सापकोटाले जानकारी दिए ।

एक रात दुई दिनको अवलोकन भ्रमणले पर्यटक, पर्यटन व्यवसायी र गाउँलाई जोड्ने पुलको रुपमा काम गर्ने सापकोटाले बताए ।

न्तर्राष्ट्रिय पर्यटन दिवसको दिन भिटोफ नेपालले पर्यटन बोर्डसँगको सहकार्यमा देशभरीको तीन गाउँलाई नमूना गाउँको रुपमा छनौट गर्दै पर्यटन प्रबद्र्धन गर्ने निर्णय गरेको थियो । गोपाली समुदायको बसोबास रहेको कुन्छाल गाउँ थाहा अभियानसँग पनि जोडिएको छ ।

प्राकृतिक दृश्यावलोकन, कृषि पर्यटन, स्थानीय खाना र संस्कृतिका लागि उपयुक्त रहेको कुन्छाल गाउँ काठमाडौंबाट तीन घन्टा ड्राइभमा पुग्न सकिन्छ । गोपाली समुदायले तानबाट कपडा बुन्ने प्राचीन परम्परालाई जीवितै राखिरहेका छन् ।

२०७४ फागुन ५ गते प्रकाशित

वि.सं.२०७४ फागुन ५ शनिवार २१:१७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...