back
NMB ad

प्रदेश नं.७ को प्रदेशसभा नियमावली, २०७४ पारित

Kumari bank ad

धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ पारित गरेको छ । बैठकमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा प्रदेशसभा नियमावली मस्यौदा समितिका अध्यक्ष एवं नेकपा एमाले का प्रदेशसभा सदस्य लीलाधर भट्टले ‘प्रदेशसभा नियमावली, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए ।

प्रस्तुत प्रस्तावमाथि नेकपा माओवादी केन्द्रका महेशदत्त जोशी र नेपाली काँग्रेसका टेकबहादुर रैका आउजीले समर्थन गरेका थिए । प्रस्तावमाथि भएको दफावार छलफमा भाग लिनु भएका काँग्रेसका भरतबहादुर खड्काले प्रस्तुत नियमावलीका तीनवटा बुँदाको विषयमा आफ्नो सुझाव पेश गरेका थिए ।

नियमावलीमा प्रदेशसभाको अधिवेशन आह्वान, अन्त्य, प्रदेशसभा सदस्यको उपस्थिति, आशन ग्रहण, बैठकको अध्यक्षता गर्ने कार्यविधि, शपथ ग्रहण, प्रदेशसभा अन्तर्गतका समितिको विद्येयक पेश गर्ने तरिका, फिर्ता लिने, त्रुटि भए सच्याउने, बैठकका निर्णय गर्ने तरिका, सरकारको नीति कार्यक्रम पेश गर्ने, खर्च कटौतीको प्रस्तावसम्बन्धी व्यवस्था समेटिएका छन् ।

बैठक प्रारम्भ हुनासाथ माओवादी केन्द्रकी कुन्ती जोशी, राष्ट्रिय जनता पार्टीका मालामती राना र नेकपा एमालेकी पूर्णा जोशीले कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार २० वर्षीया राधिका चौधरीमाथि बोक्सीको आरोपमा गरिएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारबाही र पीडित युवतीको उचित स्वास्थ्योपचारसहित क्षतिपूर्ति उपलब्ध गराउन सदनको ध्यानाकार्षण गराएका थिए ।

२०७४ फागुन २६ गते प्रकाशित

वि.सं.२०७४ फागुन २६ शनिवार १७:५८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...