back
NMB ad

विश्वासको मत लिंदै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई ‘मिनी नेपाल’ का रुपमा स्थापित गराउन अघि सारे यस्ता योजना

Kumari bank ad

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा ५ को आज बसेको पाँचौँ बैठकमा मुख्यमन्त्री पोखरेलले मत विभाजनबाट प्राप्त मतका आधारमा सुविधाजनक मत प्राप्त गरेका छन् ।

प्रदेशसभाका मत विभाजनमा ८४ जना सदस्यमध्ये पोखरेलको पक्षमा ६६ मत परेको र यस्तै विपक्षमा प्रतिपक्षी दल नेपाली काँग्रेसका १८ जनाले मतदान परेको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरेका थिए । उनलाई सत्तारुढ एमाले र (माओवादी केन्द्र)सँगै राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरमले पोखरेललाई समर्थन गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले अभाव र चुनौतीकाबीच प्रदेश सरकारको यात्रा शुरु भएको बताएका छन् ।

विश्वासको मत लिंदै बुटवलमा प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले कानून मस्यौदा आयोग गठन र मुख्य न्यायाधिवक्ता नियुक्ति गरिएको जानकारी दिए । मन्त्री पोखरेलले भौतिक पूर्वाधारको कमी रहँदारहँदै मन्त्रालयको स्थापना भएको र प्रादेशिक विकासको अवधारणा तयार गर्ने काम शुरु भएको बताए ।

उनले प्रादेशिक विकासको योजना तयार गर्ने र त्यसका आधारमा नीति तथा कार्यक्रम र बजेट तयार गर्न आवश्यक कानून निर्माणको प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए । ५ नं प्रदेशलाई ‘मिनी नेपाल’ का रुपमा स्थापित गराउन प्रादेशिक योजना आयोग गठन गर्ने र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गरिने खाका प्रस्तुत गरे ।

प्रदेशसभा सदस्य सर्वजीत थारुले प्रदेश सभाले ५ नं प्रदेशको स्थायी मुकामको प्रस्ताव ल्याउन आग्रह गर्दै कानून निर्माण गर्न संरचना छिटो निर्माण गर्नुपर्ने बताए ।

जनमोर्चा नेपालकी प्रदेशसभा सदस्य तारा जिसीले जनताको विपक्षमा हुने निर्णयको विरोध गर्ने र जनताको पक्षमा हुने निर्णयको समर्थन गरिने बताइन् ।

सिस्ने पुथा हिमालदेखि मर्चवार, त्रिवेणीदेखि राजापुर, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी– प्यूठान, पाणिनी तपोभूमि, सुपा देउरालीलगायत धार्मिक पर्यटनको प्रचूर सम्भावना रहेको विशेषता ५ नं प्रदेशमा रहेको छ । यसबाहेक बाँके, बर्दिया र ढोरपाटन आरक्ष क्षेत्र, नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना पनि यो प्रदेशमा रहेको छ ।

अशिक्षा, गरिबी, पछौटेपन, बेरोजगारी र प्रदेशको स्थायी राजधानीको छनोट यस प्रदेशका लागि चुनौतीको विषय भएको छ । एकात्मक र केन्द्रीकृत राज्यको मनोविज्ञानबाट सिर्जित समस्याको सामना गरी प्रदेशको अधिकारको रुपमा स्थापित गर्ने, अधिकारमुखी राजनीतिमा अभ्यस्त राजनीतिक संरचनालाई विकास र समृद्धिमा केन्द्रित गर्ने विषय चुनौतीपूर्ण देखिएको छ ।

आफ्नै बैंक र लगानी कोषको निर्माण, स्वदेशी र विदेशी पूँजीलाई ५ नं प्रदेशमा लगानीका लागि आकर्षित गरिने, बचत संकलनलाई प्रोत्साहन र उत्पादकत्व र राजश्व वृद्धिमा जोड दिइने वित्तीय नीति लिइने प्रदेश सरकारले जनाएको छ ।

यस प्रदेशमा सुशासन र पारिदर्शीतामा इ–गर्भनेन्सको विकास र अनूगमन प्रणालीको संयन्त्र तयार गरिनेछ । पर्यटन पूर्वाधार विकासका लागि बृहत्तर लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयनमा जोड, बुद्धकालीन सम्पदा, प्राचीन धार्मिक स्थल र धार्मिक पर्यटनका सम्भावित क्षेत्रको विकास, विश्व सम्पदा सूचीमा परेको कपिलवस्तुको जगदीशपुर ताललगायत अन्य प्राकृतिक ताल तलैयाको संरक्षण र अन्य कृत्रिम तालको निर्माण गरिने पनि प्रदेश सरकारले बताएको छ ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार १८:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...