back
NMB ad

विद्यालयमै पुगेर विद्यार्थीहरुको आँखा परिक्षण गर्ने दृष्टि आँखा केन्द्रको अभियान

Kumari bank ad

काठमाडौं । पाँचबर्ष मुनिका बालबालिकालाई निःशुल्क आखाँ परिक्षण गर्दै आइरहेको दृष्टि आँखा केन्द्रले अब विद्यालयमै पुगेर विद्यार्थीहरुको आँखा परिक्षण अभियान सञ्चालनगर्ने भएको छ ।

एनप्यब्सनसँगको साझेदारीमा केन्द्रले देश भरका एनप्यब्सनमा आबद्घ नीजि विद्यालय र केही सामुदायिक विद्यालयका विद्यार्थीहरुको आँखा परिक्षण अभियान सञ्चालन गरिने बताइएको छ ।

प्रविधिको विकास र पहुँचका कारण बालबालिकाहरुले मोबाइल, ल्यापटब, टेलिभिजन एवं कम्प्युटरको अत्यधिक प्रयोग गर्ने हुँदा उनीहरुको आँखामा नकारात्मक असर पुगीरहेको अवस्थालाई मध्यनजर गरेर विद्यालयमै पुगेर आँखा परिक्षण सेवा सञ्चालन गर्ने अभियान सुरुवात गरिएको दृष्टि आँखा केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा.भाइराजा श्रेष्ठले बताए ।

निजी क्षेत्रबाट सञ्चालन भएको आँखा अस्पताल भएर पनि दृष्टिले सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । झापाको विर्तामोड, पर्साको विरगन्ज तथा काठमाडौं लगायतका स्थानमा शाखा सञ्चालनागरी सेवा प्रदान गर्दै आएको दृष्टि आँखा केन्द्रले पब्लिक प्राइभेट पार्टनरसीप अन्तरगत टोखा नगरपालिका सँगको साझेदारीमा समेत सेवा सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल सरकारको आँखा स्वास्थ्य नीति तथा डब्लु एचओको ग्लोबल एक्सन प्लान अन्तरगत रहेर आँखा स्वास्थ्य सेवाको पहुँच सवैमा पु¥याउने उद्देश्यले समेत एनप्याब्सनसँगको साझेदारीमा बालबालिकालाई लक्षित गरी आँखा स्वास्थ्य परिक्षण अभियान सुरु गरिएको हो । दृष्टि आँखा केन्द्रले थालनी गरेको यो अभियानले बालबालिकाको आँखा स्वास्थ्यको बास्तविक अवस्था पहिचान हुने छ ।

निजी विद्यालयसँगको साझेदारीमा थालनी गरिने सेवाले विशेषगरी निजि क्षेत्रद्वारा सञ्चालन गरिएका विद्यालयका विद्यार्थी लाभान्वित हुने भए पनि निजी विद्यालय नजिकै रहेको सामुदायिक विद्यालयका विद्यार्थीलाई समेत सेवा दिइने छ । दृष्टि आँखा केन्द्रले बार्षिक रुपमा अति विपन्न समुदायका दश जनालाई निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने समेत प्रतिबद्घता व्यक्त गरेको छ ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार १९:४३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...