back
NMB ad

काठमाडौंमा ‘शाकाहारी मासु, भटमासको दुधदही !’

Kumari bank ad

काठमाडौं– अनौठो सुनिन्छ, शाकाहारी मासु ! यसै साता काठमाडौंको नेपाल पुलिस क्लबमा आयोजित एशिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा फेजफेस्टमा अवलोकनकर्ताहरूले “शाकाहारी मासु“मात्रै होइन, भटमासको दूधदहीसमेत चाख्न पाए ।

भेज स्टलमा बसेर सागपात र गेडागुडीबाट बनेको, हेर्दा र खाँदा मासुजस्तै देखिने ‘मिट चिल्ली’ खाँदै गरेका मणि भण्डारीले भने, “एकदमै उस्तै, ठ्याक्कै खसीको मासु बिर्साउने ।’ सोही परिकार चाखिरहेकी उनकी शाकाहारी पत्नी मधु शर्माले भनिन्, ‘मलाईचाहिँ मासु नामै असहज लाग्ने भएकोले एक दुई टुक्रा खाएपछि खान मन लागेन ।’

सम्भवत: नेपालमै पहिलो पल्ट भारतबाट भित्राइएको यस्तो ‘मासु’ पशुलाई माया गर्ने तर मासु छाड्न नसक्नेका लागि राम्रो विकल्प हुनसक्ने शाकाहारी अभियन्ता शोभा शाक्यले बताइन् । सो नक्कली मासु राजधानीस्थित टिफिन ब्रेक क्याफे, खिचापोखरीले नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो । रेस्टुरेन्टका कुक प्रेम श्रेष्ठले आफ्नो रेस्टुरेन्टमा सो नक्कली मासु छोइला र ‘चिल्लि’का रुपमा प्रयोग गरिने बताए !

भेजफेस्टको अर्काे स्टलमा भटमासबाट बनेको दूध निर्मित चिया र भटमासकै दहीसमेत उपलब्ध थियो । सो स्टलका संचालक तथा बौद्धस्थित लभिङ हार्ट रेस्टुरेन्टका मालिक शक्ति योन्जनले भने, ‘हर्माेन खुवाइएका गाईवस्तुका दूध र मासुको विकल्प अब बनस्पति दूध तथा बनस्पति मासु हो । यो पुर्ण सुरक्षित, पोसिलो र स्वस्थ्य छ ।’ उनले आफ्नो ‘भिगन रेस्टुरेन्ट’मा पूर्ण रूपमा अल्कोहलरहित मदिरासमेत बेच्ने गरेको बताए ।

यता, ‘सद्गुरु’ नामक स्टलमा ‘फिस बार्बिक्यु , भेज फिसफ्राइ’ उपलब्ध थिए । नाम ‘माछामासु’ भएपनि यहाँका सबै परिकार पूर्ण शाकाहारी हुन् । “मासु छाड्न चाहनेहरूले आफूले खाइरहेको स्वादको विकल्प खोजेका छन्, जति धेरै विकल्प भए,उति धेरै मांशाहारी शाकाहारी बन्नेछन्,’ सहभागी विरवल तामाङले भने ।

शनिवारदेखि आइतबारसम्म चलेको उक्त महोत्सव नेपालको पहिलो हो। दोस्रो दिनको कार्यक्रममा सहभागी, गत चुनावमा काठमाडौ महानगरपालिकाकी मेयरको उम्मेद्वार रन्जु दर्शनाले भनिन्, ‘दयामायाका लागि मात्रै होइन, स्वस्थ्य जीवनका लागिसमेत शाकाहारी जीवन जरुरी छ ।’ दर्शना शाकाहारी हुन् ।

२०७४ फागुन २९ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २९ मंगलवार ०८:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...