back
NMB ad

पर्यटन मन्त्री अधिकारीको विमानस्थलमा एक्सन, रोकिएको आयात निर्यात पुनःसुचारु

Kumari bank ad

काठमाडौ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात कार्य सोमबारदेखि पुनः शुरु भएको छ ।आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले भेटवार्ता गरी प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न आफूहरु तयार रहेको बताएका छन्

मन्त्री अधिकारीको आग्रहबमोजिम व्यावसायीले कानुनबमोजिम प्रबन्ध शुल्क तिर्ने र सहज रुपमा आयात निर्यात गर्ने बताएका हुन् । चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बर कार्य समिति सदस्य एवं भन्सार सभापति निरज राई, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे, नेपाल भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष विष्णुमणि खनाललगायतको प्रतिनिमण्डलसँग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाउनुभयो ।

यसअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित हवाई कार्गोको प्रबन्ध शुल्क वृद्धि गरिएकामा व्यवसायीले विरोध गर्दै आएका थिए ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले यही चैत १ गतेदेखि लागू हुने गरी प्रबन्ध शुल्क वृद्धि गरेको थियो । शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दूरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाई गम्भीर असर पर्ने व्यवसायीको भनाइ रहेको चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमयले जानकारी दिनुभयो ।

२०७४ चैत ५ गते प्रकाशित

वि.सं.२०७४ चैत ५ सोमवार १७:४२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...