काठमाडौं । केही साता यता देखि निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार नकारात्मक सक्रिट ब्रेक लागेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले एक कार्यक्रममा शेयर बजारका बिषयमा दिएको अभिव्यक्तीले घट्दो क्रममा रहेको बजार सर्किट लाग्ने गरी घटेको हो ।
सोमबार बजार खुलेको पहिलो ४० मिनेटमै नेप्से सूचक तीन प्रतिशतले घटेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । सक्रिट ब्रेकपछि खुलेको बजार भने समालिने क्रममा रहेको छ ।
१२२० अंकमा खुलेको बजार ४२ अंकको गिरावट आउँदा ११७८ अंकसम्म झरेको थियो । सक्रिट ब्रेक पछि खुलेको बजारमा १५ अंकको सुधार आइसकेको छ । पौने एक बजेसम्म नेप्से २७ अंकले झरेर ११९३ अंकमा रहेको छ । यसअवधिमा १२९ कम्पनीको १५ करोड १६ लाख बराबरको सेयर किनबेच भएको छ । सक्रिटपछि खुलेको बजारमा कारोबार रकममा समेत केही बढेको छ ।
२०७४ चैत १२ गते प्रकाशित
वि.सं.२०७४ चैत १२ सोमवार १२:५७ मा प्रकाशित