back
NMB ad

भर्ना अभियानमा प्रधानमन्त्रीले एक जना बच्चालाई विद्यालय भर्ना गरिदिने, को होला भाग्यमानी

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस बर्षको विद्यालय भर्ना अभियानमा आफूले एक जना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवटारमा आज प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आगामी बैशाख ५ गतेका दिन विद्यालय जाने उमेरको कुनै बालक/बालिकालाई घरबाट आफैले विद्यालयमा लगेर भर्ना गराउने बताएका छन् ।

“यसपालीको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एक जना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु” प्रधानमन्त्री ओलीले भने “मन्त्री र माननीयहरुले पनि त्यसै गर्नुहुन्छ ।” निरक्षरतालाई दुई बर्ष भित्र उन्मुलन गर्ने नीति अन्तरगत यसपालीको विद्यालय भर्ना अभियानलाई ब्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताए । “अब दुई बर्षमा नेपालबाट निरक्षरता उन्मुलन गर्नका लागि यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्यमन्त्री, मन्त्री, साँसद र स्थानीयतहका सबै जनप्रतिनिधीले एक÷एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन् ।”

प्रधानमन्त्री ओलीले मधेसका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकोले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो भएको बताएका छन् । “मैले निश्चित त गरिसकेको छैन तर तराइको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाइ छ” प्रधानमन्त्री ओलीले भए ।

यस अभियानबीचैमा विद्यालय छोड्ने दर बढाउन नभइ विद्यालयको पढाइ पुरा गराएर शतप्रतिशत साक्षरताभएको देशमा नेपाललाई पु¥याउनका लागि भएको प्रधानमन्त्री ओलीले बताए । “यो एउटा उत्प्रेरणा जगाउने अभियानहो” प्रधानमन्त्री ओलीले भने “नेपाललाई अगाडि बढाउन अब सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा सुरु गर्छ ।”

प्रधानमन्त्री ओलीले यूवाहरुलाई देश निर्माणमा लाग्न आग्रह गरेका छन् । भ्रष्टचारलाई निर्मूल पार्न यूवाहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए ।

युवा परिषदलाई गच्छे अनुसार सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०७४ चैत १३ गते प्रकाशित

वि.सं.२०७४ चैत १३ मंगलवार २१:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...