back
NMB ad

संस्कार बिनाको समृद्धि अर्थपूर्ण हुँदैनः मन्त्री बस्नेत

Kumari bank ad

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधारलाई मात्रै समृद्धिको आधार मान्न नहुने स्पष्ट पारेका छन् ।
राजधानीको बागबजार स्थित हार्दिक होटेलमा संस्कार समाज नेपालले आयोजना गरेको ‘असल संस्कार–समृद्धिको आधार’ महा अभियानको शुभारम्भ गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

उनले भने,‘समाज परिवर्तन बिनाको समृद्धिको अर्थ हुँदैन, समृद्धि हासिल गर्न समाज संस्कार यूक्त हुनुपर्छ, समृद्धि बिनाको विकास त होला तर त्यो विकासले समृद्धिलाई सम्बोधन गर्न सक्दैनन्, आयोजकले जुन अभियानको शूरुवात गरेको छ, यो निक्कै महत्वपूर्ण छ, राजनीतिक प्रणालीमा संस्कारको सबैभन्दा बढि भूमिका रहन्छ ।’

मन्त्री बस्नेतले गायक बद्री पंगेनीलाई ईंकित गर्दै भने,‘पंगेनीजीले राजनीतिक कर्मीलाई निरन्तर सुझाव दिदै आउनु भएको छ, आफूलाई लागेका कुरा भन्नु बिद्रोही स्वभाव हो, हामीले यहि सस्कारको लागि युद्ध लडेका थियौं, समाजलाई फाईदा हुने कुराहरु सबैले भन्न मिल्छ, मुलुक र जनताको लागि उहाँले त ठूलो भूमिका खेल्नु भएको छ, हामीलाई दुःख छैन् बरु कर्तव्यप्रति सजक हुने वातावरण बन्छ, आयोजक सबै भन्दा धैरै धन्यवादको पात्र हो, मेरो साथ छ काम गर्नुस् ।’

कार्यक्रमकी सभा अध्यक्ष एवम् संस्थाकी अध्यक्ष पशुपति गुरुङले नेपालमा सबै चिज भएपनि असल सस्कारको अभाव रहेको टिप्पणी गरिन् । उनले भनिन्,‘विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा थियो, बिचमा हटाईयो,आजको दिनमा नैतिक शिक्षाको कमि भईरहेको छ, मानिस नैतिक बन्न सकेन भने मुलुकको समृद्धि सम्भव छैन्, संस्कार घर घरमा हुनुपर्छ, आजका बालबालिका भोलिका सम्पति हुन, त्यसैले समाजले बालबालिकालाई संस्कारिला बनाउनु पर्छ।’

त्यस्तै कार्यक्रममा यूवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले यूवाहरुमा सकारात्मक सोच र समाजको लागि सस्कारी बन्नुपर्नेमा जोड दिएका छन् । महा अधियानमा अपाङगकोषका सदस्य सचिव यम मैनालीले संस्कारको शूरुवात आफूबाट गर्नुपर्ने बताए ।
उनले भने,‘सस्कारको पहिलो पंत्ती व्यक्ति हो, व्यक्ति अनुसाशित,लगनशील र ईमान्दार बन्ने हो भने समाज सहि बाटोमा हिड्छ।’
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, कामपाका २६ नम्बर वडाअध्यक्ष खेम तिवारी, चन्दा पाठकले आफ्ना मन्तव्य राखेका थिए ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार १७:३२ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...