back
NMB ad

जुम्लामा १४ हजारको स्वास्थ्य बिमा

Kumari bank ad

सुर्खेत । जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु. ५७ लाख संकलन भएको छ । गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् । स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए ।

“कर्णाली प्रदेशका जुम्ला, सुर्खेत र जाजरकोटमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्ला नै अगाडि रहेको छ,” मेडिकल रेकर्डर बुढाले भने । उनका अनुसार जुम्लाको कूल एक लाख आठ हजार ९२१ जनसंख्यामा १०.११ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । जहाँ तीन लाख ५० हजार ८०४ कूल जनसंख्या भएको सुर्खेतमा ४.०१७ र कूल जनसंख्या एक लाख ७१ हजार ३०४ भएको जाजरकोटमा ६.१७ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको उनले बताए ।

कर्णाली प्रदेशका स्वास्थ्य बिमा कार्यालयका संयोजक अर्जुन पण्डितले ३३ जिल्लामा स्वास्थ्य बिमा लागू भएको र ४० जिल्लासम्म यो अभियान पु¥याउने लक्ष्य रहेको बताए । अछाम बैतडी, कैलाली, बाग्लुङ, म्याग्दी, पाल्पा, इलाम, जुम्ला, जाजरकोट र सुर्खेतमा यो कार्यक्रम शुरु भएको जनाइएको छ ।

२०७५ बैशाख ९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ९ आइतवार ०९:५१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...