back
NMB ad

चितवनको उपरतांगगढिमा मार्शल आर्टका मुवा थाई र किक बक्सिंग खेलको प्रशिक्षण शुरु

Kumari bank ad

डिल कुमारि नेपाल, चितवन । चितवनको एेतिहासिक महत्व बोकेको उपरतांगगढिमा मार्शल आर्टका मुवा थाई र किक बक्सिंग खेलको बन्द प्रशिक्षण शुरु भएको छ ।

अल मार्शल एकेडेमी भरतपुरले आफ्ना मुवा थाई र किक बक्सिंगका खेलाडीहरुलाई उपरतांगगडी लगी बन्द प्रशिक्षण गराउन थालेको हो । आज गढिमै एक कार्यक्रमको आयोजना गरि एकेडेमीले दुइ दिने बन्द खेलकुद तालिमको उद्घाटन गरेको छ, कार्यक्रममा २ नम्बर क्षेत्र प्रदेशसभा (क) बाट निर्बाचित माननीय सांसद घनश्याम दाहालको प्रमुख उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै दाहालले खेलाडीको बन्द प्रशिक्षणका निमित्त एकेडेमीले चितवनको पुरानो सदरमुकाम रहेको एेतिहासिक महत्वको उपरतांगगढिलाई नै रोजाइमा पारि गढिको पर्यटन प्रबर्दनमा सहयोग पुर्याएकोमा र मार्शल आर्टका माध्यमबाट चितवनलाइ विश्वसामु चिनाउन प्रयत्न गरेकोमा अल मार्शल आर्ट एकेडेमीलाइ धन्यबाद दिनुभयो । कार्यक्रममा एकेडेमीका सल्लाहकार सबिता लामा, संरक्षक इश्वर सापकोटा, महिला समाजसेवि संगीता भट्टराई, माओबादी केन्द्र कालिका नगर इन्चार्ज रामधोज डल्लाकोटि,पूर्व पि.एल.ए. नेपाल संस्थाका सस्थापक अध्यक्ष देबी प्रसाद ढकाल बिद्यार्थी नेताहरु द्वए दुर्लभ शाही , ढकालको उपस्तिथी रहेको थियो ।

“स्वास्थका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ स्थापित एकेडेमीका खेलाडीले थाइल्याण्ड र सिंगापुर पुगी एक स्वर्णपदक संगै ४ मेडल जिती चितवनलाइ चिनाउन सफल भैसकेको जानकारी दिदै प्रशिक्षक एवम एकेडेमीका अध्यक्ष उत्तम गुरुङले सधै एकै स्थानमा तालिम गरिरहदा खेलाडीलाइ पट्यार लाग्ने हुनाले रिफ्रेशमेन्टका लागि बन्द प्रशिक्षणहरु संचालन गर्ने गरेको बताउनुहुन्छ ।आज उपदानगढिमा खेलको समापन हुदैछ ।

२०७५ बैशाख ९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ९ आइतवार ११:२३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...