back
NMB ad

भारतीय दुतावासद्वारा भारतीय जुडो च्याम्पियनलाई बधाई

Kumari bank ad

काठमाडौँ । भारतीय दूतावासले आठौँ दक्षिण एशियाली जुडो च्याम्पियनसिपका विजेता भारतीय खेलाडीलाई बधाई दिएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज जुडो प्रतियोगिताका विजयी टोलीका खेलाडी तथा अधिकृतलाई बधाई ज्ञापन गरे । सोमबार नेपालमा सम्पन्न उक्त खेलमा पुरुष र महिला टोली इभेन्ट्समा भारत च्याम्पियन बनेको थियो ।

भारतको पुरुष टोलीले पाकिस्तानलाई फाइनलमा ३–२ ले हराएर स्वर्ण पदक जितेको थियो । त्यसैगरी महिला टोली इभेन्टमा भारतले नेपाललाई हराएको थियो । त्यसैगरी व्यक्तिगत इभेन्टमा पनि १० स्वर्णपदक जितेर भारत पहिलो भएको थियो ।

महिलातर्फका सबै स्वर्णपदक भारतले नै हात पारेको थियो । नेपाल प्रतियोगितामा दुई स्वर्ण पदक प्राप्त गरी दोस्रो भएको थियो । भारतका तर्फबाट सात महिला, छ पुरुष र तीन अधिकृतको सहभागिता थियो ।

भारतीय टोलीका प्रशिक्षक विजय पटेलले प्रतियोगिता व्यवस्थापन राम्रो भएको र आफ्ना खेलाडीले त्यसको भरपूर सदुपयोग गरेर उपाधि जित्न सफल भएको प्रतिक्रिया दिए । सो प्रतियोगिताको नवौँ संकरण बंगलादेशमा हुनेछ ।

२०७५ बैशाख ११ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ११ मंगलवार ११:३१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...