back
NMB ad

रैराङ हाइड्रोपावरको आइपीओ बाँडफाँड, कति जनाले पाए सेयर ?

Kumari bank ad

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बाँडफाँड गरिएको हो । हाइड्रोको सेयर गोलाप्रथाबाट ७६ हजार ४४० जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

रैराङको साधारण सेयरमा कुल एक लाख ७५ हजार ४७२ वटा आवेदन परेकोमा १९४ वटा आवेदन रद्द भएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीको सेयर १७.७८ गुणाले अधिक माग भएको थियो ।

रैराङले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता मात्र सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

कम्पनीले जारी पुँजी ५६ करोड रुपैयाँको १५ प्रतिशत सेयर निष्कासन गरेको हो । रैराङले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

२०७५ जेठ ९ गते प्रकाशित

वि.सं.२०७५ जेठ ९ बुधवार १०:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...