back
NMB ad

रसुवामा नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

Kumari bank ad

रसुवा । नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको छ ।

नयाँ हेलिप्याडबाट अब गम्भीर बिरामी तत्काल काठमाडौं लान, आकस्मिक परेका जो सुकै पनि हवाई मार्गबाट आवतजावत गर्न र राति हेलिकोप्टर राख्नुपरेमा सहज रुपले सुरक्षा दिनसमेत सहज भएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए । तत्कालीन जिल्ला पञ्चायतद्वारा २०३९ सालमा हेलिप्याड तथा खेल मैदानको प्रयोजनका लागि भनी निर्मित मैदानमा विगतका प्रशासकद्वारा हेलिकोप्टर बसाउन रोक लगाइएको थियो ।

मंगलबार मध्याह्न आफूले पहिलो पटक सो हेलिप्याडमा हेलिकोप्टर अवतरण गराएको र हेलिप्याड उपयुक्त भएको अल्टिच्यूड हेलिकोप्टरका पाइलट एवं उडान व्यवस्थापक सोवित गौतमले बताए । हेलिप्याडमा जानका लागि स्वास्थ्य मन्त्रालयको सहमतिमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाको परिसरबाट करीब ५०० मिटर नयाँ सडक पनि निर्माण भएको बताइएको छ ।

२०७५ जेठ ९ गते प्रकाशित

वि.सं.२०७५ जेठ ९ बुधवार ११:३६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...