back
NMB ad

पौडेलले बुहारीलाई छोरी बनाएर अन्माए …

Kumari bank ad

– सुरेन्द्र भण्डारी

झापा । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् ।

कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया ९आशा० काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए ।

धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह भएसँगै पौडेल परिवारले धनमायालाई बुहारीका रुपमा भित्र्याएका थिए । तर, विवाहको छोटो समयमै प्रकाशको निधन भएको थियो । प्रकाशको निधनपछि परिवारकै सहमतिमा धनमायाको विवाह आज सोही ठाउँ निवासी लेखनाथ मिश्रसँग गरिदिएका छन् ।

धनमायाको विवाह सामाजिक परम्पराअनुसार नै कनकाई नगरपालिकाको कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा गरिएको छ ।

वैवाहिक समारोहमा सरिक हुनुभएका कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलको बेहुलाबेहुलीलाई वैवाहिक जीवनको शुभकामना दिदैं पौडेल परिवारले समाजमा प्रशंसनीय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली समाजले परम्परागत र रुढीवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई लिन सकिन्छ ।”

पतिको मृत्युपछि पनि महिलाले दोस्रो विवाह गरेर आफ्नो जीवनयापनलाई सहज बनाउन पाउनुपर्ने मान्यतालाई स्वीकारेर पौडेल परिवारले समाजमा राम्रो कामको शुरुवात गरेको छ नगरप्रमुख पोखरेलले भन्नुभयो, “यस्ता कार्यलाई समाजले प्रोत्साहन गर्न सकेमात्रै समाज समृद्धिको बाटोमा जान्छ ।”

बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा अन्माउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको धनमायाका ससुरा पौडेलले बताउनुभयो ।

“घरमा नहुनुपर्ने घटना घट्यो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन्,” पौडेलले भन्नुभयो, “उनलाई यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विवाह गरिदिएको हुँ ।”

बेहुला मिश्रकी श्रीमती मुनाको करीब अढाई महिनाअघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको थियो । उनको एक छोरा छन् । यता बेहुली धनमायाको पनि एक छोरी छिन् । रासस

२०७५ असार २८ गते प्रकाशित

वि.सं.२०७५ असार २८ बिहीवार २२:४१ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...