back

विपद्का घटनाले मुलुकभर ४५५ जनाको लियो ज्यान

काठमाडौँ, । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट सात, लेक लाग्नुबाट १२, चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३०९ पुरुष र १४६ महिला रहेका छन् ।

यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनुका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै, तीन हजार ७७५ घर प्रभावित, २०१ गोठमा क्षति पुगेको छ । यो वर्ष विपद्बाट मात्रा मुलुकमा रु एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

गतवर्ष विपद्मा परि देशभर ५९७ जनाको ज्यान गएको थियो । जसमा ३५७ पुरुष र २४० महिला रहेका थिए ।

                                                                                                 २०७५ साउन १४ गते प्रकाशित

वि.सं.२०७५ साउन १४ सोमवार १२:४५ मा प्रकाशित

You can share this post!

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

वि.सं.२०७९ माघ २२ आइतवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था...

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

वि.सं.२०७९ माघ ९ सोमवार १६:२१

हेमन्त केसी, सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु...

२०७९ माघ ८ गते आइतवार, हेर्नुहोस् आजको राशिफल

२०७९ माघ ८ गते आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७९ माघ ८ आइतवार ०७:३२

२०७९ माघ ८ गते, आइतवार, २२ जनवरी २०२३। माघ शुक्लपक्ष...

आज २०७९ माघ ६ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०७९ माघ ६ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

वि.सं.२०७९ माघ ६ शुक्रवार ०६:१७

२०७९ माघ ६ गते शुक्रवार, २० जनवरी २०२३। माघ कृष्णपक्ष...

कमिसनको चक्करमा नौ वटा सिँचाइ आयोजना अलपत्र, एक करोड ३३ लाख स्वाहा

कमिसनको चक्करमा नौ वटा सिँचाइ आयोजना अलपत्र, एक करोड ३३ लाख स्वाहा

वि.सं.२०७९ माघ ४ बुधवार १३:१०

हेमन्त केसी,सुर्खेत ।  जाजरकोट भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ...

थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ पुस ३० शनिवार ०७:२४

आज २०७९ पुस ३० गते शनिवार, १४ जनवरी २०२३। माघ...