back
Kumari Bank

बढन थाल्यो मुलुकभर बिभिन्न जघन्य अपराधका घटनाहरु

Nepal Bank

अच्युत रेग्मी

काठमाडौँ, मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३\७४ को तुलनामा आव २०७४\७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।

आव २०७४\७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३\७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२\७३ मा चार हजार ९४५ मुद्दा दर्ता भएका थिए ।

आव २०७४\७५ मा खुनडाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध तीन हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती करणी एक हजार ४८०, विस्फोटक पदार्थ ५४ मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री जनसंख्याको वृद्धि र प्रहरीको सक्रियतासँगै जघन्य अपराधका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “प्रहरीले हरेक निवेदनको गम्भीरताका साथ अध्ययन अनुसन्धान गरेको छ, त्यस कारण पनि जघन्य अपराधका घटना बढेको हो,”– उहाँ भन्नुहुन्छ । जघन्य अपराध भनेको माफ नहुने अपराध हुन् । जुन अपराध गम्भीर प्रकृतिका हुन्छन् ।

प्रदेश नं ३ मा जघन्य अपराध मुद्दा धेरै

मुलुकको राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा जघन्य अपराधको घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्र्यालयका अनुसार प्रदेश नं ३ मा मात्र विभिन्न अपराधमा एक हजार ६४९ मुद्दा दर्ता भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९२१, केन्द्रीय अनुसन्धान ब्यूरो र लागूऔषध नियन्त्रण ब्यूरोमा ४५ तथा प्रदेश नं ३ का अरु जिल्लामा ६८३ मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी ७८६ मुद्दा रहेका छन् ।

यसैगरी प्रदेश १ मा एक हजार ५२३, प्रदेश २ मा एक हजार ६१, प्रदेश ४ मा ५४२, प्रदेश ५ मा एक हजार २८८, प्रदेश ६ मा २०७ र प्रदेश ७ मा ३७६ मुद्दा दर्ता भएका छन् ।

मुलुकभर लागूऔषधका मुद्दा धेरै

दर्ता भएका जघन्य अपराधका घटनामा लागूऔषधका घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार लागूऔषध ओसारपसारमा मात्र तीन हजार ८८ मुद्दा दर्ता भएका छन् । जसमा उपत्यका ५१८, प्रदेश १ मा ७१९, प्रदेश २ मा ४८६, प्रदेश ३ मा २६८, प्रदेश ४ मा २८३, प्रदेश ५ मा ६२८, प्रदेश ६ मा ४८ र प्रदेश ७ मा १३८ मुद्दा दर्ता भएका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राई प्रहरीको सक्रियता बढेसँगै लागूऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “लागूऔषधमा धेरै वस्तु रहेका छन्, धेरै ठाउँबाट थोरै सामान बरामद भए पनि लागूऔषधका घटनामा वृद्धि भएको देखिन्छ,”– उहाँ भन्नुहुन्छ ।

लागूऔषधपछि जबर्जस्ती करणीमा धेरै मुद्दा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जबर्जस्ती करणीमा मुलुकभर एक हजार ४८० मुद्दा दर्ता भएका हुन् ।

तराईका जिल्लामा मुद्दा धेरै

दर्ता भएका अपराधका घटनालाई हेर्दा तराईका जिल्लामा जघन्य अपराधका धेरै घटना घटेका छन् । तराईका मात्र जिल्ला रहेको प्रदेश २ र प्रदेश ५ मा जघन्य अपराध अरु प्रदेशको तुलनामा बढी रहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–भारत खुला सिमानाका कारण तराई क्षेत्रमा बढी घटना घट्ने गरेका हुन् । रासस
                                                                                                                           २०७५ साउन १५ गते प्रकाशित

 

वि.सं.२०७५ साउन १५ मंगलवार १४:५० मा प्रकाशित

You can share this post!

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

वि.सं.२०८२ असार २२ आइतवार २१:२२

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन...

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

वि.सं.२०८२ असार २२ आइतवार २१:०८

हुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र...

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने,  प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने, प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८२ असार २२ आइतवार १८:१६

काठमाडौं : गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड...

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

वि.सं.२०८२ असार २२ आइतवार १७:५५

काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८२ असार २२ आइतवार १७:४४

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा २ अर्ब ५६ करोड २७...

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २२ आइतवार १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...