back
NMB ad

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका साँसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसंग कुरा गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताउनुभएको छ । “यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।”
घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तीको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । “बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।” प्रधानमन्त्ती ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह गर्नुभएको छ ।
नेकपाका स्थायी समिती सदस्य भिम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।

२०७५ भदौ ९ गते प्रकाशित

वि.सं.२०७५ भदौ ९ शनिवार १९:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...