back
Hero Ad

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विषेश छुट

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«मा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द« बिच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«ले रेडियोविज्ञान प्रयोगशाला तथा बेड चार्जमा एक हजारको विशेष छुटका साथै विकिरण चिकित्सा थेरापीमा पाँच सयको विशेष छुट प्रदान गर्नेछ । बैंकका कार्ड प्रयोगकर्ताहरु लगायत उहाँहरुको दम्पति, बालबच्चाहरु तथा आमाबाबुहरुको चिकित्सा उपचार गर्दा सो सुविधा प्राप्त गर्न सकिनेछ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द« जस्तो उत्कृष्ट व्यवस्थापन र गुणस्तरिय सेवा प्रदान गर्ने क्षमता भएको
अस्पतालसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशि लागेकोछ,” नबिल बैंक लिमिटेडका प्रमुख खुद«ा बैंकिड. निरज शर्माले भन्नुभयो ।

नबिल बैंक सधैं आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रखान गर्न निरन्तर रुपमा कार्यरत छ । यस सम्झौताबाट बैंकका कार्ड प्रयोगकर्ताहरुले विश्वव्यापी स्तरको स्वास्थय सेवा प्रदान गरिरहेको नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«को विशेष छुट मार्फत लाभ हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, ११८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

२०७५ असोज १९ गते प्रकाशित

 

वि.सं.२०७५ असोज १९ शुक्रवार १३:४३ मा प्रकाशित

You can share this post!

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार सेयर बिक्रीमा, प्रतिकित्ता ३२५ रुपैयाँमा किन्ने होइन त ?

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार सेयर बिक्रीमा, प्रतिकित्ता ३२५ रुपैयाँमा किन्ने होइन त ?

वि.सं.२०७९ भदौ २ बिहीवार १४:०३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको सेयर बिक्री गर्ने...

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

वि.सं.२०७९ भदौ २ बिहीवार १३:३७

काठमाडौं । साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडको नाफा साढे ३ करोडमा...

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

वि.सं.२०७९ भदौ २ बिहीवार १३:२५

एजेन्सी । जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको...

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति...

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

वि.सं.२०७९ भदौ २ बिहीवार १३:००

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सभा शुक्रबार हुँदैछ...

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने,  यस्तो छ कारण

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने, यस्तो छ कारण

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४३

काठमाडौं । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज...