काठमाडौं । चौतारी लघुवित्तको नेप्सेमा पुस १९ गते बिहीबारदेखि शेयर कारोबार खुलेको छ। नेप्सेले कारोबारको लागि लघुवित्तलाई सिएचएलबिएस कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले चौतारीको सेयर कारोबारका लागि १११.८८ रुपैयाँदेखि ३३५.६५ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो लघुवित्तको पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।
चौतारी लघुवित्त बुधबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत मंसिर १९ देखि २३ गतेसम्म ६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यो आइपीओको बाँडफाँट मंसिर २८ गते भएको हो । आइपीओ बिक्रीपछि चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९ पैसा कायम गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ । यसको केन्द्रीय कार्यालय बुटवलमा छ ।
२०७५ पुष १९ गते प्रकाशित
वि.सं.२०७५ पुस १९ बिहीवार १२:३० मा प्रकाशित