back
NMB ad

आज सबै भन्सार कार्यालय तथा बैंक अबेरसम्म खुल्ने

Kumari bank ad

काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन मंगलबार सबै भन्सार कार्यालय तथा बैंकका सबै राजस्व काउन्टर अबेरसम्म खुल्ने भएका छन्।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बैंकका सबै राजस्व शाखा तथा काउन्टर पूरै समय खुल्ला गरी नियमित रुपमा राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ। यस्तै, महालेखा नियन्त्रकको कार्यालयले पनि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिँदै मंगलबार खर्चको चेकहरु सम्भव भएसम्म मंगलबारनै साटिने व्यवस्था मिलाउन भनेको छ ।

‘चेक क्लियरिङ हुने शाखा तथा काउन्टरहरुमा राति अवेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउने आदेशानुसार अनुरोध छ,’ महालेखा नियन्त्रक कार्यलयले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्षको अन्तिम दिन सबै भन्सार कार्यलय पनि अबेरसम्म खुल्ला रहेने छन् । ‘सामान्यतया भन्सार कार्यालय अन्य कार्यालय समयभन्दा अतिरिक्त समय पनि खुल्दै आएका छन्,’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले भने,  ‘तर, भन्सार कार्यलयलाई यति समयनै खोल्नु पर्ने भन्ने कुनै निर्देशन छैन्। तर सेवा प्रभावित नहुुनेगरी कार्यालय खोल्नेछौैँ। ’

यसअघि भन्सार विभागले रातिसम्म भन्सार कार्यलय खुल्ला गर्न सबै भन्सार कार्यलयलाई निर्देशन जारि गर्ने गरेको थियो। आर्थिक वर्षको अन्तिम दिन आज चालु वर्षको कारोबार यो वर्ष भित्रै गर्नुपर्ने भएकोले सेवा समय थप गरिएको हो।

२०७६ असार ३१ गते प्रकाशित

वि.सं.२०७६ असार ३१ मंगलवार १५:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...