back
NMB ad

नेपालगञ्जको १२ फर्निचर र १ डेण्टलमा आगलागी, ३ करोडको क्षति

Kumari bank ad

नेपालगञ्ज । नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा आगलागी हुँदा . ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका एक दर्जनभन्दा बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । आगलागीबाट हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डस र सरदार डेण्टल जलेर खरानी भएका छन् ।

प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुईओटा, कोहलपुरको एउटा र नेपालगञ्ज विमानस्थलमा रहेको एउटा गरी चार ओटा दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।
‘फर्निचर पसलहरु रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो,’ प्रत्यक्षदर्शी चन्दले भने । चार ओटा दमकलसहित प्रहरीले करीब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।

आगालागीबाट करीब ३ करोडको क्षति भएको अनुमान गरिएको प्रहरीले बताएको छ । क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने बताइएको छ । विद्युत सर्ट भएर एउटा फर्निचरमा लागेको आगो अन्यत्र सल्किएको थियो ।

२०७६ साउन २४ गते प्रकाशित

 

वि.सं.२०७६ साउन २४ शुक्रवार १४:४० मा प्रकाशित

You can share this post!

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...