back
Hero Ad

सरकारी जग्गाको लालपुर्जा सुकुवासीलाई

काठमाडौं ।  सरकारले सुकुमबासी आयोगमार्फत कब्जा गरिएको सरकारी तथा ऐलानी जग्गालाई एक पटकका लागि लालपूर्जा दिने भएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले लगेको भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्ने गरी विधेयकलाई शुक्रबार बसेको संसद्को कृषि तथा सहकारी समितिले पास गरेको छ ।

उक्त विधेयकमा सुकुमबासी आयोग बनाई आयोगमार्फत ऐलानी तथा सरकारी जग्गामा बसेका भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई एक पटकका लागि लालपूर्जा दिने व्यवस्था गरिएको छ ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्ने गरी विधेयक प्रमाणिकरण भएमा सरकारले सुकुमबासी आयोग बनाई आयोगमार्फत हाल आवादी रहेको स्थानमा कम्तीमा १० वर्षदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुमबासी या अव्यवस्थित बसोबासीलाई एक पटकका लागि सरकारले तोकिएको क्षेत्रफल नबढ्ने गरी जग्गा उपलब्ध गराउने बताए ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १६:३७ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

वि.सं.२०७९ भदौ १ बुधवार १३:३३

काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क साढे...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १३:१२

काठमाडौं । नेपाली धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब बढी...

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

वि.सं.२०७९ भदौ १ बुधवार १३:०६

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि...