back
NMB ad

२ आर्थिक वर्ष बित्दा पनि साल्ट ट्रेडिङ कर्पोरेसनका शेयर सदस्यले पाएनन् नगद लाभांस

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रालयले स्वीकृति प्रदान नगर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सेयरधनीहरुले २ आर्थिक वर्षको नगद लाभांश पाउन सकेका छैनन् । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफाबाट २ करोड २५ लाख ६८ हजार ८१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित कर्पोरेशनको ५१ औँ साधारण सभाले गरेको छ । तर, अर्थ मन्त्रालयले भने स्वीकृति प्रदान गरेको छैन ।

उद्योग मन्त्रालयका उप-सचिव उर्मिला केसीले आर्थिक बर्ष २०७३/७४ को ९८ लाख २३ हजार ४२० रुपैयाँ र आव २०७४/७५ को १ करोड २५ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरणका गर्न स्वीकृतिका लागि अर्थमन्त्रालयमा पत्र पठाएको बताइएता पनि अर्थबाट स्वीकृति पाइएको छैन ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नगद लाभांश वितरणको प्रक्रिया नपुगेकाले रोकिएको र प्रक्रिया पूरा भएपछि स्वीकृति प्रदान गरिने अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताएका छन् । तर,अर्थ मन्त्रालयबाट प्रक्रिया नपुगेकोबारे आधिकारिक जानकारी नपाएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलका प्रवक्ता कुमारराज भण्डारीले बताए । उनले भने(‘अर्थबाट स्वीकृति नपाई लाभांश वितरण गर्न सकिंदैन ।’

साल्ट ट्रेडिङले २०७४ फागुन १६ गते नै उद्योग मन्त्रालयलाई पत्राचार गर्दै लाभांश वितरणका लागि स्वीकृति दिन माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले पुसमा अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरेको भएतापनि अर्थ मन्त्रालयले अहिलेसम्म लाभांश वितरण गर्ने स्वीकृति नदिएको हो । कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (२) अनुसार सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका कम्पनीले लाभांश वितरणका लागि सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । सरकारका तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नगद लाभांश वितरणका लागि सहमति दिए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा लाभांश वितरण रोकिएको हो ।

अर्थ मन्त्रालय श्रोतका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमा सेयर स्वामित्वका विषयमा उठेको विवादमाथि छानबिन भइरहेका कारण लाभांश बाँढ्न स्वीकृति दिन ढिलाई गरिएको हो ।

साल्ट टेड्रिङमा सर्वसाधारणको २० प्रतिशत र सरकारको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

२०७६ साउन ३१ गते प्रकाशित 

वि.सं.२०७६ साउन ३१ शुक्रवार १२:०९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...