काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टे«जरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ ।
बैंकले गत साउन २७ गते पनि १० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।
२०७६ भदौ २ गते प्रकाशित
वि.सं.२०७६ भदौ २ सोमवार ०७:२४ मा प्रकाशित