काठमाडौं । कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
अब कुमारी बैंकको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्नेलगायत सम्पूर्ण कामहरु कुमारी क्यापिटलले गर्नेछ ।
कुमारी क्यापिटलले भदौ ९ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । कुमारी क्यापिटल कुमारी बैंकको सहायक कम्पनी हो ।
२०७६ भदौ ८ गते प्रकाशित
वि.सं.२०७६ भदौ ८ आइतवार १२:४५ मा प्रकाशित