काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले पहिलो साधारण सभा असोज २ गते बोलाएको छ ।
आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदनमाथिको छलफल, दुवै आर्थिक वर्षको नाफा नोक्सानको हिसाब, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्न क्यापिटलले सभा बोलाएको हो ।
साथै, कम्पनीले उक्त वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि चुक्तापूँजीको २ प्रतिशतले हुन आउने लाभांश कर सहित रू ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा साँझ ४ बजे कुमारी बैंक लिमिटेड टंगाल काठमाडौंमा हुनेछ ।
२०७६ भदौ १२ गते प्रकाशित
वि.सं.२०७६ भदौ १२ बिहीवार १०:२१ मा प्रकाशित