back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकका यी शाखाहरु दशैँ विदामा पनि खुल्ने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैँ विदामा देशभरका शाखामध्य २२ वटा शाखा खुल्ला राख्ने भएको छ ।

बैंकका अनुसार दशैंको अवसरमा विदा हुने दिनहरु यही असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहनेछन ।

काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलंकी, ललितपुर, र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल खुल्ला रहनेछन ।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिरका शाखा कार्यालयहरु बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहनेछन ।

शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन (आश्विन २१ गते) पनि खुल्ला रहने बैंकले जनाएको छ । उक्त विदाका दिन खुल्ला रहने शाखाहरुबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहाकहरुलाई सेवा प्रदान गरिने बैंकको भनाइ छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार १४:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...