back
NMB ad

काठमाण्डौंका डिपो संचालकको ठगी धन्धा, यसरी परे कारबाहीमा (नाम सहित)

Kumari bank ad

काठमाडौं । निर्माण सामग्रीमा ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका ३५ डिपो कारबाहीमा परेका छन् ।

ईटा, गिट्टी, बालुवा, चिप्स, ढुंगालगायत निर्माण सामग्रीमा ठगी गरेको आरोपमा उक्त ठिपोका ३५ जना संचालक र डुवानी चालक २३ जना गरी ५८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार डिपो संचालकहरुले सर्वसाधारणहरुलाई निर्माण सामाग्री ढुवानी गर्ने मिनि ट्रकहरुमा ५ ईन्चसम्मको फलामे र काठको बक्स बनाएर परिमाण कम गरी ठगी गरेपछि डिपोका सञ्चालक र सवारी चालकलाई ३५ वटा सवारी साधनसहित शुक्रबार पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा ग्राहकहरुलाई १०० क्यूफिट प्रति ढुवानी (ट्रिप) भनी बिक्रि गर्दा जम्मा ८२.६३ क्यूफिट मात्र ढुवानी गरेको पाईएकोले प्रति ढुवानीमा रु. १६२०देखि रु.२२०० सम्म ग्राहकहरुलाई नोक्सानी हुन पुगेको देखिएको छ’, महाशाखाले बतायो ।

निर्माण सामग्री ढुवानी गर्दा ठगिएको थाहा पाएपछि केही सर्वसाधारण र उपभोक्ता हित संरक्षण मञ्चको उजुरीपछि अपराध महाशाखाको टोलीले डिपोहरूको निगरानी थालेको थियो।

निगरानी गर्ने क्रममा ट्रकको डालामा पाँच इञ्चसम्म काठको बक्स र प्लास्टर फिट गराएर परिमाण कम गराएको भेटिएको थापाले बताए।

पक्राउ परेका ढुवानी सञ्चालकलाई ठगी मुद्दामा अनुसन्धान हुने महाशाखाले जनाएको छ। ठगी मुद्दामा पाँच वर्षसम्म कैद, बिगोबराबरको क्षतिपूर्ति वा दुवै हुने व्यवस्था छ।

यी डिपोहरूले कहिलेदेखि यसरी ठगी धन्दा मच्चाएका हुन् भन्ने एकीन भइनसकेको प्रहरीले जनाएको छ। यस्तो ठगी अन्य डिपोहरूमा पनि हुनसक्ने भन्दै प्रहरीले उपभोक्तालाई सचेत हुन सुझाव दिएको छ।

पक्राउ परेका डिपो र डिपो संचालकहरुको नाम :

१. जय महालक्ष्मी सप्लायर्स, प्रकाश श्रेष्ठ

२. बज्र ईन्टर प्राईजेज सप्लायर्स, विरेन्द्र कुईकेल

३. शिवशक्ति सप्लायर्स, अर्जुन भुजेल

४.  गरिमा सप्लायर्स, दिपेन्द्र के.सी.

५.  कामना ईन्टर प्राईजेज, बद्री गिरी

६.  जेबीएस सप्लायर्स, सुक बहादुर लामा (बाघे)

७.  शुभकामना सप्लायर्स, सुरेन्द्र के.सी.

८.  खाँडादेवी निर्माण सप्लायर्स, प्रकाश भण्डारी

९.  सेतीदेवी सप्लायर्स, राजु थापा

१०.  पञ्चेश्वर सप्लायर्स, महेश्वर श्रेष्ठ

११.  धनेश्वर सप्लायर्स, सन्तोष कुँवर

१२.  श्री भुमी सप्लायर्स, श्याम बहादुर मगर

१३.  ल्य नो नेम सप्लायर्स,पुष्कर थापा

१४.  श्री काली भैरव सप्लायर्स, बुद्धीराज थापामगर

१५.  कुण्डला सप्लायर्स, मदन प्रधान

१६.  कालिका सप्लायर्स ,तोप नारायण श्रेष्ठ

१७.  आर्कष सप्लायर्स, अर्जुन श्रेष्ठ

१८.  स्वयम्भु सप्लायर्स, कृष्णहरी नगरकोटी

१९.  महालक्ष्मी सप्लायर्स, मनोहर श्रेष्ठ

२०.  भ्याली क्वालिटी सप्लायर्स, जोग बहादुर तामाङ (बिजय)

२१.  गोरखाली सप्लायर्स, गोपाल भण्डारी

२२.  विज्ञान सप्लायर्स, सिंह बहादुर तामाङ

२३.  नव अरुण सप्लायर्स, रामकृष्ण श्रेष्ठ

साथै उक्त डिपोहरुबाट निर्माण सामाग्री लिई घर निर्माण गरी ठगिएकाहरुलाई सम्पर्कमा आउन र सचेत हुने समेत प्रहरीले अनुरोधसमेत गरेको छ । स्रोत: ताजा समाचार

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १४:३२ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...