back
SKIP
prime bank ad

‘मिर्गौलाले काम गरेन, नियमित डायलासिस गर्नुपर्ने भयो’

Kumari bank ad

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी नभएको बताएका छन् । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए ।

शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेका थिए । मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको उनले जानकारी दिए ।

अब आज वा भोलि फेरि अर्को पटक डायलासिस गर्ने चिकित्सकहरुको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ‘केही रिपोर्ट आउन बाँकी छ, त्यसपछि डाक्टरहरुले फाइनल गर्छन्’ उनले भने ।

बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने प्रधानमन्त्रीले स्वास्थ्य गम्भीर भएर आफू सिस्कित भएको नभई केही समस्या देखिएकाले चकित्सकहरुले परीक्षण गरिरहेको जानकारी गराएको बताए ।

उनले भने, ‘केही रिपोर्ट प्राप्त भएपछि थप केही गर्नुपर्ने भयो भने निर्णय होला । अहिले भने ग्राण्डीमा डायलासिस भयो र अहिले उहाँ सामान्य अवस्थामा हुनुहुन्छ ।’

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसयता नियमित औषधि खाइरहेका उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

२० भदौमा स्वदेश फर्किएका उनको स्वास्थ्यमा फेरि समस्या सुरु भयो । २ कात्तिकमा ग्राण्डी अस्पतालमा पुगेका उनको मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो ।

बुधबार फेरि अस्पताल पुगे र आकस्मिक रुपमा डायलासिस गरियो । बिहीबार दोस्रो पटक डायलासिस गरेपछि अस्पतालबाट सरकारी निवास फर्किएका थिए ।

अब आज वा भोलि अर्को डायलासिस गर्ने तयारी छ ।

वि.सं.२०७६ कात्तिक १६ शनिवार १५:३६ मा प्रकाशित

You can share this post!

एसियाली खेलकुद : नेपाल सेमिफाइनलमा प्रवेश   

एसियाली खेलकुद : नेपाल सेमिफाइनलमा प्रवेश   

वि.सं.२०८० असोज १२ शुक्रवार २१:५०

काठमाडौँ, १२ असोज : चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद...

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम   

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम   

वि.सं.२०८० असोज १२ शुक्रवार २१:४४

काठमाडौँ, १२ असोज : पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका...

अभिनेता अनमोल केसी पक्राउ   

अभिनेता अनमोल केसी पक्राउ   

वि.सं.२०८० असोज १२ शुक्रवार २१:३५

काठमाडौँ, १२ असोज : नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान...

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...