back
NMB ad

एउटै वडामा हुन्छ वार्षिक २ करोड बढिको आलु उत्पादन

Kumari bank ad

खोटाङ । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यस वर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो ।

लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी ९५०० पाथी० आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताउनुभयो । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्”, उहाँले भन्नुभयो, “अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।”

खिदिमामा यसवर्ष साँढे सात हजार क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।

“आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा रु ४३ हजार ७५० भन्दा बढी आम्दानी गरेका छन्”, उहाँले भन्नुभयो, “पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु दुई लाख अनुदान उपलब्ध गराइएको थियो ।”

समुद्री सतहदेखि करीब दुई हजार फिट अग्लो भू–भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रु ४० मा खरीद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरीद गर्नेको लुछाचुडी नै चल्ने गरेको पाइएको छ ।

खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।

यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम थालेको थियो । देशमा सङ्घीयता लागूभएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

आलु उत्पादक किसानलाई सङ्गठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गतवर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १०० मुरी भन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताउनुभयो ।

एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साँढे तीन किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरीद तथा बिक्री हुने गरेको छ ।

खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने किसानको दाबी छ ।

खिदिमलगायत माथिल्लो भेगमा आलुको पकेटक्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।

“आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ”, उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित र प्रवद्र्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ । ”साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ ।

गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताउनुभयो ।

पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरक÷फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ ।

हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।
वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवद्र्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबीजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । -रासस

 

 

वि.सं.२०७६ कात्तिक १७ आइतवार १२:०८ मा प्रकाशित

You can share this post!

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण   

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०६:१३

भैरहवा (रुपन्देही), ३० जेठ : लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय...

आज ३१ जेठ २०८१ बिहिवार, यस्तो छ राशिफल

आज ३१ जेठ २०८१ बिहिवार, यस्तो छ राशिफल

वि.सं.२०८१ जेठ ३१ बिहीवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ३० बुधवार २०:३१

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष...

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१९

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१४

कुवेत सिटी, ३० जेठ : कुवेतमा करिब दुई सय विदेशी...