back
NMB ad

गाउँपालिकाले गाँसे भगिनी साइनो : ताराखोला, बन्दीपुर र धुर्कोट अब दिदिबहिनी

Kumari bank ad

बागलुङ । बागलुङको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन। ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गरे ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको विशेष उपस्थितिमा भगिनी सम्बन्ध स्थापना तथा घोषणा गरिएको थियो ।

सो अवसरमा मन्त्री लम्सालले गाउँपालिकाहरुबीच सिकाइ र अनुभव आदान–प्रदानमा मितेरी साइनो फलदायी हुने विश्वास व्यक्त गरे ।

“सकारात्मक र राम्रा कामको अनुशरण र प्रसार गर्न भगिनी सम्बन्ध एउटा माध्यम बन्नेछ”, उनले भने, “आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा पनि यसले मद्दत पुर्याउँछ ।”

उनले गाउँपालिकाहरुबीच पहिलोपटक भगिनी सम्बन्ध स्थापना भएको भन्दै देशका अन्य गाउँपालिकाहरु यसतर्फ प्रेरित हुने उल्लेख गरे ।

मितेरी साइनो नेपाली समाजको परम्परा र संस्कृतिसँग जोडिएको भन्दै उहाँले यसबाट जनताको तहमा समेत सम्बन्ध अभिवृद्धि हुने बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापामगरले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृतिलगायतका क्षेत्रको प्रवद्र्धनका लागि त्रीपक्षीय समझदारी भएको बताए ।

“पहाडकी रानी भनेर चिनिने बन्दीपुरदेखि मितेरी सम्बन्ध गाँस्न ताराखोला आएका छौँ”, उनले भने, “अब हामीबीच आर्थिक, सामाजिक, सांस्कृतिक, सम्बन्ध सुदृढ हुनुका साथै सहयोगको आदान–प्रदान हुनेछ ।”

धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले भगिनी साइनोले जनस्तरमा पनि सम्बन्ध विस्तार हुने बताए । तत्कालीन धुर्कोट राज्यका राजा र बन्दीपुरकी रानीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले ठूलो महत्व राख्ने धारणा राखे ।

पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले भगिनी सम्बन्ध औपचारिकतामा मात्र सीमित नभई कामयावी र फलदायी हुनुपर्ने बताए । “राम्रा अभ्यास र सिकाइको अनुशरण तथा आदानप्रदानमा मितेरी साइनोले योगदान पु¥यायोस्”, उनले भने ।

भगिनी सम्बन्ध स्थापना कार्यक्रममा तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकारलगायतको सहभागिता थियो ।

ताराखोला गाउँपालिका–२ अर्गलमा प्रचलित ऐतिहासिक भुस पोल्ने पर्वको अवसर पारेर भगिनी सम्बन्ध जोडिएको हो ।
स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनका हिसाबले तीनवटै गाउँपालिका अघि छन् ।

ताराखोला र बन्दीपुर गण्डकी प्रदेशमा परे पनि धुर्कोट गाउँपालिका भने प्रदेश नं ५ मा पर्छ ।

२०७६ कात्तिक २८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २८ बिहीवार ०९:३७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...