back
NMB ad

बूढीगण्डकी प्रभावित आन्दोलनमा

Kumari bank ad

काठमाडौं । बूढीगण्डकी प्रभावित गोरखा र धादिङका बासिन्दाले मुआब्जा निर्धारणमा ढिलाइ भएको भन्दै आन्दोलन घोषणा गरेका छन ।

मुआब्जा तोक्न अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि सोमबार आरूघाट बजार बन्द गरेका थिए । सोमबार नै उनीहरूले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।

मंसिर ५ र ६ गते गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, मंसिर ९ गते बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय घेर्नेलगायत कार्यक्रम घोषणा गरिएको हो ।

आन्दोलनलाई जनप्रतिनिधिले पनि साथ दिएका छन । पटकरपटक आग्रह गर्दा पनि गोरखातर्फ आरूघाट र आर्खेत तथा धादिङ खहरे बजारको मुआब्जा निर्धारण नभएको प्रभावितहरूको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालयले जमिनको मुआब्जा कति दिने निर्धारण गर्छ । बूढीगण्डकी सरोकार समिति विशालनगरका अध्यक्ष दिनेश ढकालका अनुसार मुआब्जा तोक्न दबाब दिन आन्दोलन सुरू गरिएको हो ।

१२ सय मेगावाट क्षमताको बन्ने बूढीगण्डकी जलविद्युत आयोजनाले गोरखातर्फ १४ र धादिङतर्फ १३ साविक गाविस प्रभावित हुनेछन। आयोजना निर्माणका लागि पेट्रोलमा कर लिइँदै आए पनि मुआब्जा वितरणका काम भने सुस्त छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १२:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...