back
NMB ad

मंसिरभित्रै ग्लोबल र जनता बैंकको एकिकृत कारोबार

Kumari bank ad

काठमाडौं । गत असार २० गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई बैंक र जनता बैंकले प्रस्तावित लाभांश पारित गरेका छन् । दुवै बैंकले सोमवार वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश पारित गरेका हुन।

बलले यस वर्ष १२ दशमलव ७५ प्रतिशत बोनस र १२ दशमलव ७५ प्रतिशतनै नगद लाभांश दिने प्रस्तावलाई अन्तिम रुप दिएको हो भने जनताले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशतनै नगद लाभांश दिने प्रस्ताव पारित गरेका हुन।

ग्लोबलको लाभांश मर्जर प्रयोजनका लागि असार २२ गतेदेखि शेयर कारोबार बन्द रहेकाले कात्तिक २० गतेसम्म कारोबार भई २८ गतेभित्र शेयर रजिष्ट्राराको कार्यालयमा नाउँसारी भई आएकाहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, जनताले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोज गरेकाले कात्तिक १३ गतेसम्म कायम सदस्यहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबलको १२ दशमलव ७५ प्रतिशत बोनश शेयरपश्चात चुक्तापूँजी रू. ११ अर्ब ७६ करोड ७१ लाख ७१ हजार पुग्नेछ भने जनताको रू. ८ अर्ब ४८ करोड ८ लाख ३२ हजार पुग्नेछ ।

मर्जरपश्चात ग्लोबल आइएमई बैंकको चुक्तापूँजी रू. २० अर्ब २४ करोड ८० लाख ३ हजार पुग्ने देखिन्छ । दुवै बैंक गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता कात्तिक ८ मा भई मंसिर भित्र एकिकृत कारोबार सुरु गर्ने योजना अनुसार काम भईरहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

बैंकले अधिकृत पूँजी रू. १६ अर्बबाट वृद्धि गरी रू. २५ अर्ब कायम प्रस्तावलाई समेत सभाले पारित गरेको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो र सबल बन्ने बताउदै उनले सेवाग्राहीको माग बमोजिमका सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक र अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति भएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि बैंकको शाखा सञ्जाल देशको ७७ ओटै जिल्लामा पुग्ने र बैंकको ग्राहक संख्या २० लाख पुग्नेछ । हाल ग्लोबलले देशका ६० जिल्लामा आफ्नो पहुँच विस्तार गरी ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७६ मंसिर ४ बुधवार ०९:१३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...