back
NMB ad

‘होमस्टे’ बाट गाउँ चिनाउँदै बागलुङको तोरीखोला

Kumari bank ad

बागलुङ । साँझ छिपिँदै थियो । कलाकार, पत्रकारलगायत घरेलु पाहुना तोरीखोला छिरे । गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीका लगाइदिए, माला पहिराए । भजन गाउँदै सामुदायिक भवन पुर्‍याए ।

बुधबार दिउँसैदेखि तोरीखोला गाउँ बेग्लै सुरसारमा थियो । पाहुनाको सत्कारका लागि स्थानीय आतुर थिए । बागलुङको गलकोट नगरपालिका-२ नरेठाँटीस्थित गाउँ त्यो दिन आधारातसम्म जागै बस्यो ।

तोरीखोला सामुदायिक घरवास (होमस्टे) पुगेका पाहुना खुलेर रमाए, तनाव बिर्सिए । पदमार्ग हुँदै सामुदायिक भवन पुगेका पाहुनालाई गाउँलेले ‘सगुन’ चखाए । संस्कृति देखाए । कोदोको सेल रोटी, दही, मकै, भट्ट, सिन्की, मुला र गेँडागुडीको अचार टक्राए । पाहुनाले स्वाद मानेर खाए ।
कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य बस्ती हो । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ

स्थानीय महिला समूहले ‘घुम्टे साइँला’ को लयमा गीत गाए । थाली नाच नाचे ।   सामुदायिक भवनमा सत्कारसहित ‘सगुन’ खुवाउने कार्यक्रमपछि पाहुना घरवासमा बाँडिए । त्यहीँ रात बिताएर भोलिपल्ट फर्के ।

तोरीखोलाका पाँच घरमा घरवास सेवा छ । एक रातमा कम्तीमा २५ जना पाहुनाको क्षमता छ । गत महिनादेखि व्यवस्थितरुपमा घरवास शुरु गरिएको हो । कलाकारसहितका पाहुना आउने भएपछि गाउँलेले गत बुधबार विशेष तयारी गरेका थिए । स्वागतद्वार र रंगीचंगी ध्वजापताकाले गाउँ सजिएको थियो । सोही अवसरमा इन्द्रेणी समूहले मौलिक दोहोरीगीतको छायांकनसमेत गर्‍यो । लोकदोहोरीमा स्थानीयले नाचेर, गाएर साथ दिए । घरवासको प्रवर्द्धनका लागि सञ्चालक समिति र वडा कार्यालयले छायांकनको तारतम्मे मिलाएका थिए ।

घरवासबाट गाउँलाई चिनाउने योजना रहेको सञ्चालक समितिका अध्यक्ष कुमार घर्तीमगरले बताए । ‘पर्यटकलाई हाम्रो मौलिकपन र पहिचानमा रमाउने वातावरण बनाउँदैछौं’, उनले भने । थप १० घरमा घरवास सञ्चालनको योजना रहेको अध्यक्ष घर्तीको भनाइ छ ।

कूल ६३ घरधुरी रहेको तोरीखोला मगर बाहुल्य बस्ती हो । स्थानीय उत्पादन, कला र संस्कृतिले तोरीखोला अरुभन्दा भिन्नै छ । प्रत्येक दिन बेग्लाबेग्लै खानाका परिकार बन्ने घरवास सञ्चालक सीता पुनले बताइन् । उनका अनुसार पर्यटकले खाना, खाजासहित एक रात बिताएको १२ सय रुपैयाँ तिर्नुपर्छ । पेय पदार्थको भने अतिरिक्त शुल्क लाग्छ ।

खानामा मकैको आटो, कोदोको ढिँडो, रोटीजस्ता परिकार बन्छन् । गाउँमै उत्पादित माछामासु, तरकारी, गेडागुडी, आलु आदि उपलब्ध गराइने घरवास सञ्चालक बताउँछन् ।

‘नमूना बस्ती’ योजना

मगर समुदायमा प्रचलित कला, संस्कृति पनि तोरीखोला घरवासमा आकर्षण हुन् । सोरठी, कौडा, थाली नाच, भजन, झ्याउरेगीतलगायत मौलिक संस्कृतिले आगन्तुकलाई लोभ्याउँछ । घरवासबाट गाईघाट झरना, निलुवा, शिवधुरी, गलकोट दरबार, सहस्रधारालगायत नजिकका पर्यटकीय गन्तव्यस्थल पुग्न सकिन्छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गबाट नजिकै रहेकाले तोरीखोला आउजाउ गर्न पनि सहज छ । लमजुङको काउलेपानी र स्याङ्जाको सिरुबारी घरवासको भ्रमणपछि तोरीखोलामा घरवासको योजना बनेको वडासदस्य भक्तबहादुर घर्तीमगरले बताए । ‘भ्रमणपछि घरवास भन्ने यस्तो हुँदो रैछ भन्ने सिकियो,’ उनले भने, ‘हाम्रो गाउँमा पनि सम्भावना छ भन्ने देखेपछि अघि बढ्यौं ।’

घरवासका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा दश लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको थियो । उक्त बजेटबाट गाउँमा सौर्यबत्ती जडान, इन्टरनेटलगायत सेवा, सुविधा थप गरिएको छ ।

तोरीखोलामा घरवाससँगै ‘नमूना बस्ती’ योजना पनि सञ्चालनमा छ । गलकोट नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट नमूना बस्तीका लागि छुट्टएिको छ । उक्त योजनाबाट पदमार्ग, सडक, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा काम भइरहेको छ । ‘यो वर्ष नाली निर्माण र गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउँदैछौं,’ वडाध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘नमूना बस्ती नगरको क्रमिक योजनामा छ ।’ राम बहादुर थापा/रासस

२०७६ मंसिर ०८ गते प्रकाशित 

वि.सं.२०७६ मंसिर ८ आइतवार ०८:०५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...