काठमाडौं । गरिमा विकास बैंकले आइतवार नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा स्थापित धादिङबेसी शाखाको उद्घाटन गरेको छ । शाखाको उद्घाटन सोही नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले गरेका हुन् ।
कार्यक्रममा बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले शाखा आसपासका उद्यमीलाई आवश्यक पूँजी उपलब्ध गराई त्यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा बैंकले सहयोग गर्ने बताए ।
बैंकका देशभर ९० शाखा र ५१ एटीएम सञ्चालनमा छन् ।
२०७६ पुस ०७ गते प्रकाशित
वि.सं.२०७६ पुस ७ सोमवार ०८:३३ मा प्रकाशित