काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पाएको छ ।
बैंकले सेबोनबाट माघ २१ ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा वि.स २०८६ सम्मको लागि २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।
२५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १५ लाख कित्ता व्याक्तिगत संघ संस्थालाई विक्री गर्नेछ । बैंकको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको
वि.सं.२०७६ माघ २३ बिहीवार १६:०६ मा प्रकाशित