काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मूलपानीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानीयको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण सेवा प्रदान गर्ने गरी काउन्टर स्थापना गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा पुर्याउने उद्देश्यले २७० शाखा, २५७ एटीएम, ३८ एक्सटेन्सन काउन्टर राजस्व संकलन काउन्टर र २४९ शाखारहित सेवा, ३ प्रतिनिधि(सम्पर्क कार्यालयमार्फत १८ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७६ माघ २५ शनिवार ०७:४० मा प्रकाशित