back
NMB ad

यसवर्षकै उत्कृष्ट लाभांश दिएको एनएमबि बैंकले कति कमायो नाफा ? यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा ४७.४० प्रतिशतले नाफा बढाएको छ । चालु आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले ५२ करोड ६१ लाख रुपैयाँ खुदनाफा बढाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४० पैसा छ ।

६ महिनामा बढेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ लाभांश बाँड्ने देखिएको छ । ब्याज आम्दानी र स्प्रेडले गर्दा बैंकले नाफा बढाएको हो ।

बैंकले ६ महिनामा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । गत वर्षको ६ महिनामा बैंकले २ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा बढेर १.९६, निक्षेप लागत ७.७०, सीसीडी ७७.५५, आधारदर १०.१२ र स्प्रेड ५ प्रतिशत छ । बैंकको सञ्चित कोषमा ५ अर्ब २१ करोड रुपैयाँ छ ।

वि.सं.२०७६ माघ २६ आइतवार ०९:२३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...